दफा २२
सरकारद्वारा व्यवस्थित वनको वन पैदावारको स्वामित्व र बिक्री वितरण
(१) सरकारद्वारा व्यवस्थित वनको वन पैदावारमा नेपाल सरकारको स्वामित्व रहनेछ ।
(२) उपदफा (१) बमोजिमको वन पैदावार उपयोग गर्न, हटाउन वा बिक्री वितरण गर्न, निकासी गर्न वा ओसारपसार गर्न तोकिएको निकाय वा अधिकारीले तोकिए बमोजिम इजाजत दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम इजाजत दिइने वन पैदावारको मूल्य वा दस्तुर तोकिए बमोजिम हुनेछ ।